Visitor Count

Up Down Scroll

प्रणय दिवश विशेष (नलेखिएको प्रेमपत्र)

प्रिय स्मृति,
आफ्नो लागि जीवन जिउनुको वास्तविक औचित्य समाप्त भैसक्दा पनि अन्योन्याश्रित जीवन–सम्बन्धका जिम्मेवारीहरुले बाँच्न कर गरिरहेको बेलामा अर्थहीन जीवनभित्रको अर्थ खोज्दै क्षितिजपारिको विवश बस्तीमा बरालिएका यी निमूखा भावनाहरु तिमीलाई नै सम्बोधन गर्न चाहिरहेछन् । अनुमति दिन्छ्यौ भने, पुनः एकपटक प्रणयको शाब्दिक वहार बर्षाउन चाहन्छु, स्मृतिका अनगिन्ती तरंगहरु सञ्चार गराउन चाहन्छु र ती कल्पनाका कुनाकाप्चाहरुमा लुकेका त्रस्त मिठासपूर्ण मायाँलु प्रतिनिधि पलहरुलाई पुनस्र्थापित धरातलमा उभ्याएर केही शब्दहरु चाहन्छु ।

Happy Valentine Dayउजाडिएको स्मृति–वस्तीबाट उठीवास लागिसक्दाको यो अवस्थामा उभिएर विगतको नाउँमा ब्यस्त समय ब्यर्थैमा खर्च गर्नु सेकेण्ड–सेकेण्डको मूल्य मापन गर्न सक्ने गरी समयको महत्व बुझेकाहरुलाई त वाहियात लाग्ला । यद्यपि भ्यालेन्टिनाहरुको बाटो त्याग्न नसकेका, प्रेमको गहिराईभित्रको गहनता अनुभूत गर्नसक्ने कोमल मनले सुसज्जित विश्वभरका लाखौं–लाख भ्यालेन्टाइनहरुको तर्क यही हुनसक्छ कि ‘प्रेममा मूल्य र समयको हिसाव–किताव सायदै गरिन्छ होला ।’ सायद त्यसैले होला, यहाँ लाखौं भ्यालेन्टाइनहरु जन्मिरहेछन्, आफ्नो बहुमुल्य जीवनका समयहरु यस्तैमा बिताईरहेछन् । 

भू–स्थल छाडेर गुरुत्वबलको विरुद्ध र प्रतिकूल हावाका वेगहरुसँग गरेको संघर्षबाट आफ्नो बाटो छिचोल्दै–छिचोल्दै ठूला–ठूला सिमलका भुवाहरुजस्तै लाग्ने सेता बादलहरुको देशभन्दा पनि माथि तैरिएर गन्तब्योन्मुख रफ्तार कायम गर्न परिचालित विमानले त्रिभुवन विमानस्थलको धावनमार्गमा द्रुतगतिले दौडनुअगावैका तिमीसँगका प्रत्येक पलहरु पीडादायी भएर पनि आज पनि मेरा लागि उत्तिकै प्रिय र रोमाञ्चक छन् । सम्झ त, हाम्रा प्रत्येक मिलनका पलहरु आउँथे, उस्तै उत्कट प्रतीक्षित खुशी बोकेर । चीर प्रतिक्षाजस्तै लाग्थे, ती पलका प्रतिक्षाहरु । तर समयको नियम सधैं कडा हुन्छ, भेटिएपछि छुट्नु पनि पर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने समयले हामीबीच कति छिट्टै छुट्नुपर्ने घडी अगाडि ल्याईदिन्थ्यो पत्तै हुदैनथ्यो । नचाहदा–नचाहदै पनि समयको नियम पालना गर्नुपर्ने बाध्यात्मक अवस्थामा विदाईका हातहरु हल्लाउनुपर्दाको कठोर घडीमा मलाई कति गाह्रो हुन्थ्यो सम्झ त ! सायद याद गरेकी छ्यौ हौली, कुनै समय विदाईको पलमा निःशब्दताले गला पकड्दा गाँठो परेका वाक्यहरु फुक्न नसक्दा मैले तिम्रो नोट कापीमा लेखेर छोडेको थिएँ, “...वियोगको घडीमा मलाई यति धेरै गाह्रो किन हुन्छ सानु ?” अनि भावुकतालाई ब्यवस्थित गर्न नसकेपछि पोखिदै–पोखिदै म आफ्नो बाटो लाग्न विवश हुन्थें । सम्भवतः तिमीभित्र पनि त्यो पीडा लुक्न सक्दैनथ्यो । तिमी पनि अनायासै पोखिएको आभाष म सजिलै पाउन सक्थें ।
Non-written-love-letter

अनन्त सपनाका श्रृंखलावद्ध रुपरेखाहरु पछ्याउदै सहयात्रामा जीवनको लामो फड्को सजिलै मारेर खुशीसाथ सँगै जिउनको लागि भनेर गरिएको विश्वासको अलिखित सम्झौता थियो प्रेम । जसमा सामाजिक संस्कार सम्प्रदायअनुसार वैधानिकता अथवा कुनै निश्चित प्रावधान होला नहोला तर यसको लागि लिखित विधान अथवा नियमावली सायद नभएकै हो । प्रेम आफैमा स्वायत्त छ । यसै स्वायत्तताभित्र हर प्रेमका जोडीहरु आ–आफ्नै किसिमले योजना, नीति नियमावलीहरु र कार्यशैलीहरु तर्जूमा गर्लान् ।

............................................................................................................................................................................................................................................................................................................................................................................................।

...................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................।

उही तिम्रो यादमा तड्पदा–तड्पदै रोगले ग्रस्त
स्मृतिरोगी
.