Visitor Count

Up Down Scroll

गीति प्रयास (हे भगवान ! अब मैले मृत्युसँग भेट्न पाऊँ)

हे भगवान ! अब मैले मृत्युसँग भेट्न पाऊँ
यो दुनियामा आफ्ना सबै नाम–निशाना मेट्न पाऊँ

वेदनाका भारीहरु बिसाए नि सुख छैन,
आफ्नै भाग्यसँग यहाँ रिसाए नि सुख छैन
बरु आफ्नो गला आफै खुकुरीले रेट्न पाऊँ
यो दुनियामा आफ्ना सबै नाम–निशाना मेट्न पाऊँ

अन्यायले आफैलाई हराएर लुक्नुपर्छ,
झुटको सामू सत्यहरु डराएर झुक्नुपर्छ
बरु लुक्नु, झुक्नुभन्दा आफैलाई रेटन पाऊँ
यो दुनियामा आफ्ना सबै नाम–निशाना मेट्न पाऊँ

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.