Visitor Count

Up Down Scroll

कैलाशैबाट जोगिनी झ¥यो (सालैजो)


मैले कुनै समय उनको कापीमा लेखेर छोडेको थिएँ–“मलाई विछोडको घडी असह्य हुन्छ सानु ! तिमी र म बीच बियोगिनु पर्ने यी घडीहरु यसरी बारम्बार किन आउछन् ?” यो गीत सुनिरहदा झण्डै चार वर्ष अगाडिको समय सम्झें । उनी मेरो अनुरोधअनुरुप सारी लगाएर विदाई गर्ने गरी आएकी थिईन् । कार्यतालिका त्यस्तै थियो, उनी विदाई गरेर आफ्नो बाटो लागिन् । म निःशब्द भएर आफ्नो बाटो लाग्न विवश थिएँ । विछोडको पीडा पोखिन बाँकी नै थियो, जो कुनै न कुनै हिसावले पोखिनु नै थियो । हामी दुबै पोखिएका थियौं यसरी नै, जो गीतको उत्तरार्धमा अनुभूत हुन्छ । जुन पोखाई, जुन विदाई सधैंको लागि रहेछ, कहिल्यै मिलन नहुने गरी ।


भा’छ मलाई बाँच्नु न मर्नु
रुमाल चिनो हेरेर के गर्नु
.