Visitor Count

Up Down Scroll

नाटकः अप्रत्यासित षडयन्त्र

“साहित्य समाजको प्रतिविम्ब हो । साहित्यमा उल्लेख हुने प्रत्येक कथाहरु समाजबाटै लिईएको हुन्छ । पात्रसमाजकै चरित्रहरु हुन् । यति हुदा हुदै पनि हामी भन्छौं, ‘यस घटनाका पात्रहरु काल्पनिक हुन् । कसैको जीवनमा मेल खाएमा त्यो संयोग मात्र हुनेछ ।’ अरे बाबा, समाजबाट लिइएको चरित्र समाजसँग मेल नखाने कुरै हुदैन । अर्को कुरा यथार्थले मेल खाएकै हुन्छ भने किन संयोग भनिरहनुप¥यो ?” यथार्थवादी सामाजिक साहित्यकार भन्न रुचाउछु म उहाँ, गीता थापा ‘दोषी’ जीलाई । प्रसंगवश प्रतिक्रियात्मक रुपमा दिनुभएको उहाँका यस्ता तार्किक विचारयुक्त अभिब्यक्तिबाट प्रभावित भएर यो मेरो प्रयासमा मलाई यसो भन्न मन लाग्यो ।

यस नाटकका पात्रहरु वास्तविक हुन् । कसैलाई काल्पनिक लागेमा त्यो भ्रम मात्र हुनेछ । पात्रका लागि प्रतिस्थापित नामहरु दिइएको छ । नामका कारण कसैलाई असर पर्न गएमा त्यो बरु संयोग मात्र हुनेछ । त्यसप्रति स्मृतिरोगी माफी चाहन्छ ।
दृष्य–१
(मध्यरातमा वस्तीहरु मस्तसँग निदाइरहेछन् । त्यही मौकामा गाउँभन्दा अलि माथि पर्ने सुनसान डाँडाको निर्जन चौतारीमा प्रेमजोडी भेट भएका छन् । विगतका भेटहरुमा उत्तेजनात्मक मनका आवश्यकता र मागहरुलाई नियन्त्रणमा लिन नसक्दा जोशमा होस नपुगी भएको गल्तीद्वारा उत्पन्न समस्याको समीक्षा र समाधानका लागि आजको भेट उनीहरुको लागि आवश्यक पनि थियो । केही बोझिलो र चिन्ताग्रस्तताको भाव स्पष्ट देखिने उनीहरुको अनुहारमा सामाजिक भय पनि उत्तिकै देखिन्थ्यो । सँधै एकान्तको भेट पाउनासाथ अंगालोमा बाँधिएर प्रेमका तरंगहरु साटासाट गरिहाल्ने उनीहरु अंगालोमा बाँधिएका छैनन् । मानौं, उनीहरु हिच्किचाएका छन्, प्रथम प्रणय भेटमा जस्तै ।)
Updating soon ...
.