Visitor Count

Up Down Scroll

गजल ८२ (बल्झाएर घाउ मेरो आँसु झार्ने तिमी)

दिएको दिल् फिर्ता मागी अन्तै सार्ने तिमी
बल्झाएर घाउ मेरो, आँसु झार्ने तिमी


अझै किन दोष दिन्छौ मलाई नै फेरि
घेली–घेली माकुरीको जालमा पार्ने तिमी

मुटुभरि मायाँ तिम्रै काख बिसाएथें
‘तिम्रै भाग्य खोटी रै’छ’ भन्दै टार्ने तिमी

खोला वारि थिए हाम्रा मुटुहरु सँगै
अँधेरीमा अथाहमै पारि तार्ने तिमी

फेरि किन चासो राख्छौ म मरुँ या बाँचू ?
ऊ बेलामा अघाएर जूँदै मार्ने तिमी


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ 
... पांग्रामा गुड्न अभ्यस्त भैसकेकाहरुले पैदलयात्रीको प्रेमलाई बुझ्न सक्दैनन् । –स्मृतिवाणी
.