Visitor Count

Up Down Scroll

गजल ५७ (उनी मेरो झुप्रोमा बस्न सक्दिन रे)

उनी मेरो झुप्रोमा     बस्न सक्दिन रे
अँध्यारोमा यत्तिकै पस्न सक्दिन रे


हिजो मैले मालिशै   गरि दिएको थें
दुख्दा तेल ढाडमा घस्न सक्दिन रे

जान्छ अरे इज्जत     कुल घरानको
सम्बन्ध यो गाँसेर खस्न सक्दिन रे

मायाँ गर्छु भनेर मुखले पो भनिन्
मनैबाट अंगालो कस्न सक्दिन रे

गरीबको भागमा         दुःखै–दुःख छ रे
जानी–जानी फन्दामा फस्न सक्दिन रे


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.