Visitor Count

Up Down Scroll

गजल ५३ (उखेल्नुछ सामन्तको जराहरु सबै)

उखेल्नुछ सामन्तको जराहरु सबै
जुटी हामी हिम्मतिला दह्राहरु सबै


किन राख्छौ पिजँडामा कुँजो बनाएर
उड्नुपर्छ स्वतन्त्र भै    चराहरु सबै

नारी क्रान्ति गर्न उठ तिमीहरु पनि,
रीता, सीता, गीता, बसुन्धराहरु सबै

कृषि क्रान्ति ल्याउनुछ अब यो देशमा
हरियाली बनाएर          गराहरु सबै

समानता सुत्रभित्र जग सम्म्याउन
फोनैंपर्छ थोत्रा    यी प–हराहरु सबै


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.