Visitor Count

Up Down Scroll

गजल ४० (सबै जुर्मुराउन थाल्नुपर्छ)

सबै    जुर्मु-राउन     थाल्नुपर्छ     अब
क्रान्ति–गान गाउन    थाल्नु पर्छ अब


भञ्ज्याङमा जुवाको खाल थाप्नेले नि,
पसिना    ब–गाउन    थाल्नुपर्छ   अब

कति  बस्नु  अर्कैको       घर   सिंगारेर
आफ्नै   घर   छाउन    थाल्नुपर्छ  अब

अधिकार   खोजेर       लडे   सबै   यहाँ,
दायित्व   नि–भाउन   थाल्नुपर्छ   अब

रोइरहेकी    नेपाल-आमा     विचरीको
मुहार   ह–साउन       थाल्नुपर्छ    अब


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.