Visitor Count

Up Down Scroll

गजल ५२ (न्यायमाथि तुषारो परिरहेछ)

न्यायमाथि तुषारो परिरहेछ
झुटोसामू सत्यता मरिरहेछ


काम गर्ने कालुले लिन्न फसल
ठगाहाले झोली त्यो  भरिरहेछ

पौडी खेल्ने–ले नदी तर्न गाह्रो छ
बुई चढ्ने लंगडो         तरिरहेछ

कलमको मसीमा बाँच्ने भन्नेले
जनतामा भ्रमै त        छरिरहेछ

नारी यहाँ लुटिन्छ आँखै अगाडि
सरकार खै के के        गरिरहेछ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.