Visitor Count

Up Down Scroll

गजल ६४ (निस्तै खान्छु बरु म नुनै छोडिदिन्छु)

अब ढुंगा बनेर      रुनै छोडिदिन्छु
बगेका ती आँसु र खुनै छोडिदिन्छु


बिर्सन त नहुने        थियो गुन मैले
भैगो अब के अर्थ ? गुनै छोडिदिन्छु

आस्थाभित्र बाँचेका देवताका मूर्ति
छोएर पो के भो र ? छुनै छोडिदिन्छु

याद बोकी नआओ, गीतहरु अब
कर्णप्रिय संगीत धुनै छोडिदिन्छु

उन्ले पनि खाने त्यै नुन हो भने त,
निस्तै खान्छु बरु म नुनै छोडिदिन्छु


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(सम्भ्रान्त जीवनशैलीमा नुनको सट्टा सुनको छाक अपनाउने मायाँलुप्रति समर्पित)
.