Visitor Count

Up Down Scroll

गजल ४८ (न त मप्रतिको चासो जाग्यो तिमीमाथि)

न त मप्रतिको चासो जाग्यो तिमीमाथि
बरु सन्देहको रेखा भाग्यो तिमीमाथि


मेरो खुशी रमाएर नाच्न थाल्दा हेर्न
अहंकारले कालो पर्दा टाँग्यो तिमीमाथि

सम्मान र अस्तित्वको प्रश्न उठ्दा तिम्रो
बौद्धिकताले ‘नैतिकता’ माग्यो तिमीमाथि

सहयोगीमाथि पनि मन राख्नै पर्ने,
धर्म–संकट नै होला, लाग्यो तिमीमाथि


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.