Visitor Count

Up Down Scroll

गजल ४२ (जिन्दगीमा धेरै कुरा गर्न मन लागेको छ)

जिन्दगीमा धेरै कुरा गर्न मन लागेको छ
समाजको सामू सँगै पर्न मन लागेको छ


आँधीखोला सुसाएको नसुनेको धेरै भयो
हात समाएर पारी तर्न मन लागेको छ

अंगालोमा कसिएर हाम्रो पिरतीमा
फेरि पनि नयाँ रंग भर्न मन लागेको छ

विदेशिएपछि खेत–बारी बाँझो भा’छ अरे
आफ्नै ठाउँमै पसिना छर्न मन लागेको छ

विदेशमा मर्नु परे कुकुरकै मराई हो,
मरे पनि स्वदेशमै मर्न मन लागेको छ


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.