Visitor Count

Up Down Scroll

गजल ३९ (वैरीसँग सम्बन्ध गास्छौ)

वैरीसँग सम्बन्ध गास्छौ किन ए !
स्वाभिमान बेचेर हाँस्छौ किन ए !


विदेशीको शैलीमा लेखी सुचना
मन्त्रालयहरुमा किन टाँस्छौ ए !

बल्ल–तल्ल हुर्केको क्रान्ति धार नि,
निमिट्यान्नै पारेर मास्छौ किन ए !

साठी लाख पाउने मोह चढेर,
नलागेको खोकीले खाँस्छौ किन ए !

कुरा गथ्र्यौ हिजो त राष्ट्रियताको
आज सीमा मिच्नेकै दास् छौ किन ए !


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.