Visitor Count

Up Down Scroll

गजल २६ (बरु ज्यानकै जोखिम मोल्नेछु)

जोखिम यो ज्यानकै बरु मोल्नेछु
त्यो देखेको यथार्थ अब खोल्नेछु


कसैबाट अब म आशा गर्दिन
समाजको अगाडि आफै बोल्नेछु

जो–जो थिए संलग्न त्यो घटनामा
एक–एक गरेर पोल पोल्नेछु

कानुनको आँखामा सबै समान
ती घुस्याहाहरुलाई पनि घोल्नेछु

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.