Visitor Count

Up Down Scroll

गजल ३० (भ्रष्ट भए के भयो र मान बढेकै छ)

भ्रष्ट भए के भयो र मान बढेकै छ
बौद्धिकता नभए नि धेरै पढेकै छ


यहाँ खोस्टो कागजले के के गराउँछ
आयातीतै भए पनि स्थान अडेकै छ

न्याय बिक्ने बजारको मोल–मोलाइमा
दलालको संख्या अझ माथि चढेकै छ

पानी चल्दैन रे यहाँ, यौवन् चलेकै छ
रुपवती भए यहाँ आँखा गढेकै छ

फूल फुल्ने फुल्बारीमा ढाक्यो बन्माराले
वास्ना दिने फूलहरु अन्त सडेकै छ ।


योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.