Visitor Count

Up Down Scroll

गजल २५ (आफ्नै जग भर लाग्यो)

अरुभन्दा आफ्नै जग भर लाग्यो आमा
त्यसैले त कडा हुन कर लाग्यो आमा
स्वार्थी दुनियामा को नै हुन्छ मर्म बुझ्ने,
ओत्ने पौवा पनि आफ्नै घर लाग्यो आमा

दुःख पर्दा तर्किएर कुरा काट्दै हिड्ने,
ती आफन्त र छिमेकी पर लाग्यो आमा

तिम्रो चोटमाथि ब्यथा थपि दिए मैले
निको नहुने पो हो कि डर लाग्यो आमा

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.