Visitor Count

Up Down Scroll

उदाहरण

‘नमस्ते भाउजू !’ मेरो साथी श्यामले मेरी नव अर्धांगिनीलाई नमस्ते गर्यो र उसले मुसुक्क मुस्कुराउँदै अभिवादन फर्काई अनि ‘कुरा गर्दै गर्नुस् ल !’ भनी ऊ चिया बनाउन भान्सातिर लागी । म श्यामसित कुरा गर्न थालें ।
‘तँ त कस्तो रहेछस्, बिहे गरेर हामीलाई बिहेको भोज पनि खुवाएनस् । कस्तो कन्जुस रहेछस् तँ त ।’ मेरी रमा भान्सातिर जानासाथ श्यामले मसित गुनासो पोखिहाल्यो ।
खासगरी मैले रमालाई भगाएर ल्याएको थिएँ र पूर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानबाट ईन्जिनियरिङ अध्ययन गरेपछि नयाँ जागिरको सिलसिलामा म सिन्धुपाल्चोकको ‘फाप्लु’ गाविसको हाइड्रोपावर प्रोजेक्टमा कार्यरत थिएँ । पढाइको चटारोले गर्दा क्याम्पस पढ्दा केटीप्रति त्यति हिमचिम बढेन तर कसैलाई मन भने नपराएको होइन । यद्यपि त्यो मैले पहिल्यैदेखि मन परेको केटीचाहिं मेरी हुन सकिन किनकि यो समाजको जातीय पर्खालले हामीबीच दूरी बढाइदियो जुन दूरीलाई छोट्याउने आँट हामीमा आउन सकेन ।
सिन्धुपाल्चोकको सुन्दर गाउँ ‘फाप्लु’ हरिया डाँडा–काँडा र बारीका फाँट, मन लोभ्याउँदो थियो ।  म यी प्राकृतिक सुन्दरताको आनन्द लिंदै आफ्नो काम पूरा गर्थें । प्रोजेक्टले गाउँमा बस्ने एउटा छुट्टै घर मिलाइदिएको थियो जसमा हामी प्रोजेक्ट टीमका कर्मचारीहरु सँगै बस्थ्यौं । सुन्दर बेंसी थियो त्यो गाउँ सडकले भर्खर छोएको थियो । बिजुली पुगेको थिएन । हामीले नै स्थानीय राहुबाट विद्युत उत्पादन गरी गाउँ झिलिमिली पारेका थियौं । अझै ५ मेगावाट बिजुली निकाली राष्ट्रिय लाइनमा जोड्ने हाम्रो लक्ष्य थियो । त्यसैले तल्लीन थियौं हामी आफ्नो लक्ष्यप्राप्तिका लागि ।
कामको सिलसिलामा फिल्ड रिसर्च गर्दा मनग्गे गाउँ घुमियो । राई–किराँतीहरुको बाहुल्यता रहेको त्यो गाउँका युवतीहरु पनि अत्यन्तै सुन्दर छन् ्र प्रकृतिको माझमा जन्मिएर हुर्केकाले होला तिनीहरुको सौन्दर्यमा मौलिकता छ तर अचेल आधुनिकताको बिगबिगी जतासुकै भएझैं त्यस गाउँमा पनि छ । मतलब यो कि पहिले–पहिले गाउँतिरको सौन्दर्यमा कुनै कृत्रिमता हुने थिएन तर अहिले कृतिमताको सम्मिश्रण पाइन्छ र गाउँले ठिटीहरू पनि आँखामा लपक्कै गाजल, ओठमा लाली र गालामा सेताम्मे पाउडर दलेर डोको–नाम्लो गरेका खुबै देखें । केटीहरू प्राकृतिक रुपमै सुन्दर भएर पनि कृत्रिम लप्पन र झप्पन किन रुचाउँछन् कुन्नि ? मैले बुझ्न सकेको छैन । आधुनिक श्रृंगारले जति नै सिंगारिएपनि उनीहरुको वास्तविक व्यक्तित्व तिखारिने होइन क्यार ! धरानमा पढ्दापनि अनगिन्ती त्यस्तै युवतीहरु देखियो जसको हरेक सौन्दर्य कृत्रिम हुन्थे । आँखामा कुइरेनीकोजस्तो फ्यान्सी कन्ट्याक्ट लेन्स, धपक्क गाजल र आइ–स्याडो । उनीहरु आइ–स्याडोले आफ्ना आँखा आकर्षक भए भन्ने ठान्दा हुन् । तर मलाई त ती आँखा कुनै सुन्दरीका आँखाझैं लाग्दैनथ्यो । बरु सुत्केरी आइमाईको गढेका आँखाझें लाग्थे । हाहाहा... कतिपल्ट म यही सोंचेर हाँस्थें तर ती ठिटीचाहिं ‘राम्री रहेछु’ भन्ने भ्रम पालेर हाँस्थे । खै त हामी पुरुषले गाजल, लाली लगाएको ? हामीले केही नलगाए पनि केटीहरुले हामीलाई रुचाएकै छन् त । किन बढ्ता सिंगारिनुपर्यो ? आखिर ‘अकबरी सुनलाई कसी लाउन किन पथ्यों र ?
अँ, मेरा मामाले पोहोर साल बिहे गर्नुभयो । माइजू परिन् नं. १ सहरिया, मामाको कमाइको तीन चौथाई त माइजूको श्रृंगारका सामानमै खर्च हुन्छ रे । आम्मै, फेरी–फेरी गहना, फेरी–फेरी कपडा, कस्मेटिक्स, इयररिंग, बडी–लोसन्स, केके हो केके । बेलाबेलामा त माइजूसँग यही कुरामा ठाकठुक हुन्छ रे । एकपल्ट मामाले मलाई राम्रै सुझाए– ‘भान्जा ! तिमीले बिहे गर्यौ भने त्यस्ता आवश्यकभन्दा बढी नक्कल पार्ने ठिटीसँग नगर्नू । त्यस्तीले त तिम्रो पसिनाको कमाइ बचत हुन दिनेछैन । मैले पनि उहाँको कुरामा पूर्ण सहमति जनाएँ । हो मामा, मलाई पनि ती नक्कली ठिटीहरू फिटिक्कै मनपर्दैन । खासगरी व्यक्तिले आफ्नो व्यक्तित्व पो सिंगार्नुपर्छ त । मुहार सिँगारेर के काम । आखिर मुहारको सुन्दरता एकदिन उमेरसँगै ओइलिएर गइहाल्छ । म त मामा सिम्पल ठिटीलाई बिहे गर्ने बिचारमा छु ।’
‘धेरै राम्रो विचार भान्जा ! तर अचेलको जमानामा भनेजस्तो सिम्पल ठिटी पनि पाउनै गाह्रो छ बा । पहिले–पहिले गाउँतिरका ठिटीहरू कति प्राकृतिक सुन्दरी देखिन्थे । अचेल त तिनीहरु पनि लिपिस्टिक, पाउडर घस्न थालेछन् । अझ त्यसको के कुरा, दाउरा काट्न बनमा गएकी ठिटीहरुले पनि पेन्सिल हिल स्यान्डल लगाएको मेरै आँखाले देखेको छु बाबै नि । जे होस् तिम्रो माइजूजस्ती महानक्कलीचाहिं तिमीलाई नपरोस् भन्ने चाहन्छु । मामाले यसो भन्दा म मुसुक्क मुस्कुराएँ ।
ईन्जिनियरिंग अध्ययन सकिनासाथ मेरी मम्मीले एकजना आफन्तकी छोरीलाई हेर्न जान साह्रै कर गर्नुभो । ममा यति चाँडै बिहे गर्ने रहर नभएपनि मम्मीको मन राख्न म पनि केटी हेर्न गएँ । हामीजस्तै मध्यम वर्गीय परिवारकी छोरी थिई ऊ, तर कृतिमतामा चुर्लुम्म डुबेकी । हामीले हेर्न आएको दिनमै ऊ नानाभाँतीका मेकअपले सिंगारिएकी थिई, मानौ ऊ अहिल्यै बेहुलीको रुपमा अन्माईदै छे । त्यसै त म कृतिमताविरोधी । उसको मुहारको मेकअपले मलाई रत्तिभर पनि आकर्षण गर्न सकेन । धराने युवती कृतिम रंगरोगनबाट हेलम्बुको राता–राता स्याऊजस्तो गाला भएकी सुन्दरीझैं त देखिएकी थिई । तर कुन्नि किन मैले त ती राता पोतिएका गालालाई झट्ट हेर्दा चाँया परेकोझैं पो देखें । हाहाहा... मम्मी र बुवाले त ठिटीलाई मन पराइहाले तर मैले ठाडै अस्वीकार गरिदिएँ । त्यस्ती राम्री केटीलाई पनि मन नपराएको देखेर मम्मी पनि मसित केहीबेर रिसाउनुभो ।
खासगरी म एउटा उदाहरणीय विवाह गर्न चाहन्थें । परम्परागत विवाहमा आफू दाइजोविरोधी भएपनि केटीतर्फको परिवारले जबरदस्ती दाइजो थम्म्याईदिने अनि आफू पनि उही ड्यांगको मूलामा गनिने हुनाले मैले मनमनै अन्तरजातीय विवाह गर्ने सोचेको थिएँ । तर मम्मी बुवालाई यसबारे केही पनि भनेको थिईनँ । किनकि उहाँहरु अलि बढी नै पुरातनवादी मानसिकताका छन् । मेरा बुवा कट्टर ब्राह्मण, सकेसम्म दाइजो नमाग्नू तर दिए हात नलुकाउनू’ उहाँको अर्ती थियो ।  जुन कुरालाई आफूले घृणा गरिन्छ । त्यसलाई सहर्ष कसरी स्वीकार्नु ? यो त त्यो सामाजिक कुप्रथाको विरोध भएन, बरु सरासर समर्थन र टेवा पो भो त । त्यसैले मैले अन्तरजातीय विवाह गर्ने निर्णय लिएँ ताकि समाजलाई मैले पनि एउटा पाठ सिकाउन सकूँ ।
यसैबीचमा सुन्दर बेंसी फाप्लुमा मैले आफुले खोजेजस्तै सुन्दरीको रुपमा रमालाई भेटें । अरुभन्दा फरक, लप्पन–झप्पन नभएको लिम्बुनी ठिटी थिई रमा । ऊ त्यही स्थानीय गाउँकी मास्टरनी रहिछे । हाम्रो टीमलाई फिल्ड रिसर्चमा आवश्यक जानकारी बटुल्न उसले मद्वत गरी । चिम्सा आँखा, मिठो बोली, साँच्चै म उसको व्यक्तित्वबाट प्रभावित भएँ । एकदिन त्यस्तै भलाकुसारीको मौका छोपी मैले प्रस्ताव राखें । ऊ खितिती हाँसी, ‘चुच्चो बाहुन मलाई अलि मनपर्दैन’ भनी ठट्टा गरी । म पनि बेस्सरी हाँसे तर वास्तवमा उसले पनि मप्रति प्रेमिल भावना नै राखेकी रहिछ । सानो गाउँ, त्यसमाथि नेपाली समाजको खाँटी लवज राम्ररी जरा गाडेको । म र रमा कहिले–कहिले मात्र सँगै हाँसखेल गर्दा पनि हल्ला फिँजिएछ । ‘त्यो ठूली त त्यो झापाली बाहुन इन्जिनियरसित हिँड्छे बाबै’ । कसै कसैले हाम्रो प्रेमलाई राम्रै नजरले हेरेपनि यो अन्तरजातीय सम्बन्ध रमाकै आमाबालाई पाच्य भएन । कारण उहाँहरु आफ्नी छोरी स्वजातीय लाहुरेसँग नै बिहे गरोस् भन्ने चाहन्थे । दुई वर्षअगाडि नै रमालाई एउटा ब्रिटिश लाहुरेले मागिसकेको रहेछ, जुन कुरामा उसको कुनै सहर्ष स्वीकार्यबिना नै आमाबाले बिहे मन्जुर गरिसकेका रहेछन् र अब फेरि छुट्टीमा आएर उसलाई धुमधामसित बिहे गरी लाने पक्कापक्की भइसकेको रहेछ । तर रमालाई त्यो लाहुरेसित बिहे गर्न मन थिएन ।
‘म त मर्छु बरु, त्यो लाहुरेसित जान्नँ । ऊ अब छुट्टी आउनुभन्दा अघि नै कसैसित म प्रेम गरी भाग्न चाहन्थें । नभन्दै तपाईलाई भेटें । अब तपाईले मलाई जसरी भएपनि आफ्नो बनाउनैपर्छ । उसले मलाई यसो भनी । ‘एउटा आर्थिक रुपमा बलियो ब्रिटिश लाहुरेसित किन तिमीलाई जान मन लागेन नि’ भनी मैले जिज्ञासा राखें । उसले भनी ‘आर्थिक पक्षसित मेरो कुनै सरोकार छैन । जोसँग मैले प्रेमको अनुभव नै गरेकी छैन । त्योसित म कसरी जीवनभरिको नाता जोड्न सक्छु ? त्योभन्दा पनि बढी म मेरै देशको माटोलाई आफ्नो कर्मथलो बनाएको पुरुषलाई नै आफ्नो जीवनसाथी बनाउन चाहन्छु किनकि मलाई आफ्नो पसिना विदेशी भूमिमा चुहाउन रत्तिभर मन छैन ।  निकै सटिक र प्रगतिशील लाग्यो मलाई उसको विचार । मैले मनमनै उसलाई सलाम गरें र सोचें, सबै आम नेपाली युवाहरुमा यस्तै किसिमको मानसिकता भइदिएको भए युवाहरुको विदेश पलायन हुने प्रवृत्तिमा धेरै ह्रास आउने थियो । अनि देशमै पसिना बगाउँछु भन्ने दृढताका कारण बेरोजगारी समस्याको हलको निम्ति कुनै न कुनै उपाय पक्कै निस्कन्थ्यो ।
जे होस्, मैले रमालाई आफ्नो बनाइ छाड्ने निर्णय लिएँ । गाउँमा हल्ला फिँजिएपछि मैले उसका आमाबाबाट पनि ‘अबदेखि हाम्री छोरीसित भेटघाट नगर्नू’ भन्ने चेतावनी पाइसकेको थिएँ । उसका आमाबालाई मैले धेरै कोशिश गर्दा पनि मनाउन सकिनँ । तर हामी त साँचो प्रेम गर्ने जोडी थियौं । कसैको चेतावनी, डर र धम्कीले हामीलाई छेक्न सकेन र लुकिछिपी हामीबीच भेटघाट चल्दै रह्यो । अनि हाम्रो प्रोजेक्ट सकिनासाथ मैले उसलाई भगाएँ । त्योबेला सिन्धुपाल्चोक महोत्सवको रमाइलो थियो । आफ्नी नवपत्नीकासाथ महोत्सवको धेरै मज्जा पनि लिइयो ।
अनि म सरासर नव९पत्नीलाई लिएर आफ्नो घर झापा आएँ ्र छोरासँग नेप्टी बुहारी देख्दा मेरी मम्मीको होश९हवाश उड्यो ्र मम्मी त्यति आक्रामक होलिन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ तर त्यस्तै भयो ्र मम्मीले बुहारी स्विकार्नु भएन बरु ‘कि त हामीलाई छोड्,कि त यसैलाई छोड्’ भनी धर्मसंकटमा पारिदिनुभो ्र त्यैपनि मैले उसलाई छोड्ने कुरा थिएन,मैले आमाको मन अहिले रिसाएपनि पछि फर्कन्छ भन्ने निर्क्यौल गरी घर छोड्ने निर्णय लिएँ ्र म जानेबेला मम्मी रुँदै बोल्नुभाथ्यो९‘दुःख गरी छोरोलाई इन्जिनियर पढाइयो,अहिले बिहे गर्ने बेलामा हाम्रो कुरा सुन्दै सुनेन,पापी स्वार्थी छोरो।।आमाको मन छोरोमाथि,छोरोको मन जोईमाथि भनेको साँच्चै रहेछ ्र’ म जन्म दिने आमाबाबुको सम्मान गर्छु तर आमाबाबुले जीवनसाथीको मामिलामा किन हस्तक्षेप गर्न खोज्छन् रु,मलाई यही कुरा मनपर्दैन,म ज्यादा बोलेरभन्दा गरेर देखाउने युवक भएकोले गरेरै देखाएँ ्र मेरो कदममा उहाँहरुको पुरातन मानसिकताले समर्थन नजनाएपनि मैले सक्दो सुधार्न प्रयत्न गरें तर ती सब भालूलाई पुराणजस्तै भयो र ‘भैगो तँ अट्टेरी छोरोले हामीलाई सिकाउन पर्दैन,जुन बाटो आथिस्,त्यही बाटो फर्की जा’ भने ्र मैले अरु केही भन्न सकिनँ,जे होस् यो आकस्मिक घटनाको क्षणिक प्रतिक्रियामात्र हो भन्ने ठानेर म आफ्नी अर्धांगिनीलाई लिएर अन्तै बसें ्र

अहिले भर्खर एक महिना भो ्र अचेल त मम्मीको मन पनि अलिअलि फर्किन लागेछ ्र अँ त,मेरो साथी श्यामले मलाई बिहेको भोज नखुवाएकोमा गुनासो गर्यो ्र परम्परागत भएको भए मैले करैले भएपनि ठूलो बिहे९भोज खुवाउने थिएँ होला तर मैले आमाबाको इच्छाविपरित अन्तरजातीय विवाह गरें किनकि वास्तवमा म परम्परागत विवाहमा खप्नुपर्ने दाइजो र फोस्रो रवाफको खर्चिलो बिहे९भोज प्रवृत्ति पछ्याउन पटक्क चाहँदिन थिएँ ्र मैले श्यामलाई स्पष्ट भनें—

‘यार १ तँलाई थाहै छ,म प्रगतिशील विचारधाराको मान्छे हुँ,स्कूल पढ्दा मैले दाइजोप्रथाको विपक्षमा शानदार वक्तृत्वकला प्रस्तुत गरी प्रथम पुरस्कार जितेको पनि थाहै होला ्र पुरस्कारस्वरूप पाएको त्यो ठूलो शिल्ड मेरो कोठामा अझै पनि गजक्क पारी सजाइएको छ ्र जब जब म त्यसलाई देख्छु,तब तब मेरो मनले आफूले बोलेका ती सब कुरालाई व्यवहारमा उतार्न झक्झक्याउँछ ्र त्यसैले मैले भोज नखुवाएको ्र’

मेरो कुरा सुनी श्याम एकछिन मौन बस्यो अनि केही सोचेरै बोल्यो—

‘यार १ तँलाई मेरो सलाम,हाम्रा  देशका नेता पनि तँजस्तै बोलेरमात्र होइन गरेर नै देखाउने भए देशले कति उन्नतिको फड्को मारिसकने थियो र म त भन्छु तँ पनि राजनीति गर्,तँ भोलि देशको एक महान् नेता बन्न सक्छस्,अन्ना हजारेझैं।।्र’

श्यामको हौसला सुनी मलाई त हाँसो लाग्यो ्र

‘हाहाहा।।यार १ साँच्चै तैंले भनेझै म पनि कुनै दिन राजनेता बनम्ला नि,तर पहिले चालिस काटेको बुढो हुन त दे ्र’

‘हाहाहा।।’ ऊ पनि खुब हाँस्यो,त्यतिकैमा रमाले मीठो चिया ल्याई ्र चिया९कप समात्दै उसले ठट्टा गरिहाल्यो—‘भाउजू १ तपाईले एकदम महान् श्रीमान् पाउनुभाछ है,तंपाई त भाग्यमानी पर्नुभो नि ्र’

अनि श्यामको ठट्टा सुनी रमा कान९कानसम्म ओठ तन्काएर हाँसी,हाँस्दा उसका चिम्सा आँखा ट्याप्पै बन्द भए,त्यो देखी म पनि हाँसें हाहाहा 
समाप्त
.