Visitor Count

Up Down Scroll

गजल (वाधा अवरोध र सीमा छन्)

वाधा अवरोध र सीमा छन्
हो, खुशीहरु बन्धकीमा छन्



एउटा घायल प्रेमी रुँदै भन्छ,
हजार चोटहरु छातीमा छन्

तिम्रो सरकारलाई के थाह,
कति देशभक्त मरुभूमिमा छन्

मुटुका टुक्राजस्ता सन्तान मारिंदा,
बा–आमा युद्धको तयारीमा छन्

कसैले सोध्यौ भने भन्दिन सक्छौं
ती पागल सायरहरु भट्टीमा छन्

स्मृतिसंग्रहका लागि अतिथि साहित्यिक मित्र
निर्दोष राजन प्रवासी
झापा
.