Visitor Count

Up Down Scroll

गजल १९ (तिम्रो आँखाबाट आँसु झार्न चाहान्न)

तिम्रो आँखाबाट आँसु झार्न चाहान्न
तिम्रो रहर र इच्छा मार्न चाहान्न


म नै टाढा भए तिमी खुशी हुन्छौ भने,
बन्धनमा तिमीलाई पार्न  चाहान्न

जहाँ जान्छौ, जे जे गर्छौ स्वतन्त्र छ सबै,
तिमी हिड्ने खुला बाटो बार्न चाहान्न

म त दुःखी, त्यसै दुःखी रम्छु दुःखैसँग
मेरो दुःख तिमीलाई सार्न चाहान्न

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.