Visitor Count

Up Down Scroll

तिम्रै यादमा रोईरहन पाऊँ

१. अब सधैं
*******************
तिम्रै यादमा रोईरहन पाऊँ
आँखा आँसुले धोईरहन पाऊँ
आस्था मरेको छैन अझै नि,
ढुंगाको मूर्ति छोईरहन पाऊँ

२ यहाँ मायाँ
*******************
हुने–खानेहरुकै दिन रहेछ
मायाँ भन्ने महत्व–हीन रहेछ
थाहै नपाई कसरी हुन्छ, टुक्रिन्छ
पात-को पा-नीझैं १ छिन रहेछ

३. मान्छेहरु
*******************
मासु खायो गाईले, भन्न थाले मान्छे
आक्रोशमा खोइरो खन्न थाले मान्छे
यथार्थको मैदान को नै उत्रियो र ?
अपवित्र कलंक भन्न थाले मान्छे

४. सबै छाड्दैछु
*******************
अब ब्यर्थै सपना देख्न छाडें मैले
कुँजिएका पाउले टेक्न छाडें मैले
पीडा–ब्यथा मनका भावनामा पोख्थें
अर्थहीन साहित्य लेख्न छाडें मैले

५. पैसा, तैंले यो के गरिस् ?
********************
सारा मन–का सपना टुटाई दिईस् तैंले
मुटुसँग–को सम्बन्ध छुटाई दिईस् तैंले
त्यति गर्दा पनि तेरो चित्त नबुझेर,
स्मृतिको बस्तीबाटै उठाई दिईस् तैंले


६. अब म
********************
आँसुको मूल्य तोकेर जादैछु
सम्झना तिम्रो बोकेर जादैछु
बाँच्नुको अर्थ रहेन मलाई
अब यो सास रोकेर जादैछु

७. यो देशमा
********************
त्यत्रो जनाधार जुटाउने हामी
सडकमा शिर फुटाउने हामी
सन्तान ती उन्का पढे विदेशमा
बुर्जुवा हो भनी छुटाउने हामी


८. मर्न लागे
हुर्किएका आशा यी, मर्न लागे सानु
मायाँका यी कोपिला, झर्न लागे सानु
थाहै छैन कि कसो ? कति निदाएकी !
पानी, हुरी असिना, पर्न लागे सानु
.