Visitor Count

Up Down Scroll

गजल १५ (न त अर्कै फुलबारीमा फुल्न सकें म)

न त अर्कै फुलबारीमा फुल्न सकें मैले,
न त तिम्रो प्रतिविम्ब भुल्न सकें मैले


वगरमा बिलाएको बीउ भएर म,
न त फल लागी झ्वाम्म झुल्न सकें मैले

मनभरि चोट लिई जीवन ढल्दा यहाँ,
न त पीडा छल्काएर खुल्न सकें मैले

अब छोड, अर्को जोड जीवनमा भन्छन्
न त भवँराझै अन्त डुल्न सकें मैले

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
Get the Flash Player to see this player.
.