Visitor Count

Up Down Scroll

फलामलाई अरुले भन्दा फलामैले दिने चोट असह्य हुन्छ

कतारको पीडादायी भोगाईको तिक्त अनुभूति
विभिन्न बाध्यता र परिस्थितिका कारण मनमा अनेकन चाहना, आशा,आकांक्षा अनि सपनाहरु संगालेर हामी बहुसंख्यक नेपालीहरु यसरी बिदेशिएका छौं । केही वर्ष अगाडिको तुलनामा देशको विषम राजनीतिक अस्थिरता र बेरोजगारी समस्याका कारण बिदेशमा नेपाली युबाहरुको जमात दिनानुदिन बढ्दो छ । यसरी बिदेशमा नेपालीहरुको संख्या वृद्धि हुदा समग्र देशको राष्ट्रिय दृष्टिकोणबाट लाभ हानि जेसुकै भएपनि विदेशिनेहरुको लागि नेपालीपनको माहोल बन्नु पक्कै पनि खुशीको कुरा हुनसक्दछ । तर यही बृहद नेपालीहरुको जमातभित्र अल्पसंख्यक यस्ता भ्रस्ट, असामाजिक र छलकपटी नियतका व्यक्तिहरु पनि छन्, जो केही बर्षअगाडि विदेशिएको हिसाबले बिदेशीभुमिसंग घुलमिल भैसकेको नाउँमा पुरानोपन देखाएर नबआगन्तुक आफ्नै नेपाली दाजुभाईहरुलाई आवश्यक सरसल्लाह र जानकारी गराएर सहयोग गर्नुपर्ने ठाउँमा ठग्ने, दुर्ब्यबहार गर्ने , शारीरिक तथा मानसिक पीडा दिई तनाबग्रस्त बनाउने गर्दारहेछन । जसको यथार्थ शिकार भई कतारका प्राम्भिक दिनहरुमा ती तिक्त अनुभूति संगाल्नपुगेको थिएँ ।  

बढ्दो व्यक्तिगत र घरायसी समस्याहरुका बीच निकट भविष्यमा आउनसक्ने सम्भावित परिस्थितिमाथि पूर्वसावधानी अपनाउदै २००९, जून, १० मा म कतार भित्रिएको थिएँ । जिन्दगीको प्रथम बैदेशिक आगमन  भएकैले होला, आफुलाई नितान्त एक्लो र नौलो महसुस गर्दथें । साथै भर्खरै घर छाडेर यति टाढा बिरानो मुलुकमा यसरी आफन्तबिहिन भएर बस्दा केही तनाबग्रस्त पनि थिएँ । म सोच्दथें । यसरी काम गर्दै जिउनुपर्दा कहिलेकाही नेपाली-नेपाली भेट हुदा पनि मनमा आत्मीयताले खुशी लाग्थ्योहोला । तर नेपालीपनको मेरो सोचाई विपरीतको माहोल बेग्लै पाएँ. नेपालदेखि नाताबाद, कृपाबाद र निकट पहुचताको असन्तोषजनक तिक्तताले वाक्क भएको म येह पनि त्यस्तै परिस्थितिको सामानमा शिकार बन्नुपरयो. चाकडीबाजको चपेटामा चोइटिएर सहनु कस्ट सहनुपरयो ।
सेक्युरिटी-गार्ड कामका लागि 'ग्रुप फोर कम्पनी' मा मोटो खर्च गरेर मा विदेशिएको थिएँ । अन्तरास्ट्रिय सुरक्षा-गार्डको परिपूर्ति गर्ने बहुरास्त्रिया कम्पनी भएकोले विभिन्न अन्य client हरुसंग  कामदार सम्झौता गरि हामी जस्ता आफुसंग उपलब्ध मानब संसाधनको परिचालन गर्ने गर्दथ्यो । हाम्रो कम्पनीले. त्यसै क्रममा हामी पनि अलि ठुलो संख्यामा सुरक्षागार्ड आवश्यक पर्ने Client  को कार्यक्षेत्रमा खटाईएका थियौं । जसमा त्यस्तै ११० जना जति सुरक्षागार्ड हामी थियौं भने हाम्रो सहि तरिकाले परिचालन, अनुगमन एबम कुशल कार्यसम्पादनका लागि हामी माथि हेडगार्ड र सुपरभाइजरहरु खटाईएका थिए । जसमध्य हामी विभिन्न देशबाट आएका थियौं । सोहि क्रममा हाम्रो करिब २० जनाको समुहलाई उचित परिचालन गर्न हेडगार्डको रुपमा एकजना र सुपरभाइजरको रुपमा दुइजना थिए । जसमध्ये उक्त हेडगार्ड नेपाली थियो । उसको बोली, व्यवहार, उसको आदेश दिने तरिका नियाल्दा लाग्थ्यो कि उ एउटा नेपाली मन्त्री सरहको उच्च पदमा पदस्थ छ । यधपि उसको जस्तोसुकै व्यवहार भएपनि आखिर उ हाम्रो परिचालक थियो, मान्नु नै पर्दथ्यो । काममा दिनहरु बित्दै जादा केही साथीहरु  उसंग घुलमिल हुदै गयो । कसैले चाकडी गरेको पनि पाइयो । तर नौलो अनि ग्रामिण क्षेत्रबाट आएको मान्छे म हेर्दा ज्यादै सोझो थिएँ. त्यही सोझोपनको फाइदा उठाउदै पदीय उच्चताको आडमा म निशाना बनाईएं । फलस्वरूप अपमानजनक अमानबीय असमान व्यवहार,जिम्मेवारविपरीत कार्यादेश लगायत थप शारीरिक तथा मानसिक पीडाहरुको बिचमा म खट्न बाध्य हुनुपरयो । सुरक्षाफौजमा १ बर्षे कार्यकाल व्यतित गरिसकेको मैले त्यस्तो जिम्मेवार सम्बेदनशील क्षेत्रमा पनि यस्तो खटन खानु परेको थिइन । समय बित्दै जादा पनि मप्रति गरिने ब्यबहारमा नियोजित आक्रमण दिइरह्यो । बाँधिएर राखेको पशुले त अति भएपछि सहन सक्दैन । म त झन् मानब थिएँ, सधै किन अत्याचार सहेर चुप लागिरहन्थें र? त्यसैले त्यसको बिरोध गर्दै बिरुद्धमा माथिल्लो तहमा उजुरी गर्ने कुरा गरें. मैले माथि रिपोर्ट पुरयाएपनि माथि पदासिन व्यक्तिहरु उसको पकडमा रहेको र मेरो केही नलाग्ने, बरु मलाई कम्पनीबाटै  निकाला गरेर नेपाल पुरयाउने कदम चाल्न आफुलाई सजिलो हुने उसको धम्कीपूर्ण कुराले म पुन एकपटक मर्माहत भएँ । साथै माथिल्लो तहको कामदार जे बोलेपनि तल्लो स्तरको आवाजले यथार्थको धरातल चित्रण गर्न विश्वसनीय स्थान नपाउने प्रचलित कार्यगत प्रक्रियाको अगाडि म निरुपाय भएँ र भर्खरै त्यत्रो रकम लगानी गरेर आएको मलाई नेपाल फिर्ता गर्ने कुराले उसको अगाडि सहनुको विकल्प रहेन । पछि महिना बित्यो, हाम्रा लागि सुपरभाइजर, हेडगार्ड परिबर्तन भएर नया आए. समस्या यत्तिकै समाप्त भएर गयो. बडो खुशीको उच्छ्वास फेरें । 
यसरी जिन्दगीमा एकाएक आफ्नो पदीय उच्चता र लामो समयको बिदेशी घुलमिलको अनुभवको आडमा नेपाली नेपालीको आत्मीय  नातालाई बिर्सेर परदेशी भूमिमा एक नेपालीले अर्को नेपालीको मर्म बुझेर गर्नुपर्ने दयाभाव र परस्पर सहयोगको ठाउँमा म जस्तो नौलो व्यक्तिलाई गरेको अमानबीय घृणित व्यवहार, शारीरिक पेलान एबम मानसिक यातनाले हृदयमा पुरयाएको आघात यो मुटुमा गाडिएर कहिलेइ ननिस्कने पीडादायी किला बनेर बसेको छ । यस्तै किसिमको नेपाली एकता नभएको कारणले नै बिदेशीहरुले नेपालीहरुलाई हेप्ने मौका फस्टाएको छ । त्यसकारण ड्युटीका प्रारम्भिक दिनहरुमै सोझोपनमाथि निर्दयी प्रहार गर्ने र अझै गर्ने तिर्सना संगालेर बिरालोले दुध कुरेझें मौका कुरिबसने 'रामचन्द्र' नामधारी राक्षसी स्वभावको रावणरुपी मानबनकाबधारी पशुलाई म विनम्रतापुर्बक के आग्रह गर्न चाहन्छु भने एउटा मानब भएर अर्को मानबलाई गरिने ब्यबहारको पाठ सिकेर मात्र आफ्नो मानवीय परिचय दिनुहोस. अन्यथा. मानब-समुदायमा बस्ने दानबको कुनै औचित्य र अस्तित्व रहनेछैन ।
आगामी दिनहरुमा एस्त रामचन्द्र र समान प्रबृत्ति भएका अन्य रामचन्द्रेहरुबाट मैले जस्तो नियति कसैले पनि पीडाबोध गर्नु नपरोस. हरेकले आ-आफ्नो ब्यबहारमा सकारात्मक सुधार गरौँ । नेपालीहरुबीच सहानुभूति र आपसी भाइचाराको सम्बन्ध स्थापित गरौँ. व्यक्ति जुटे समाज राष्ट्र नै जुट्दछ  । यतिबेला राष्ट्रमा बिस्तृत शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुरयाएर जनपक्षीय संबिधान निर्माण गर्ने असहज परिस्थिति देखा परिरहेको अबस्थामा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु समग्रमा एकजुट हुनु आवश्यक छ ।
जय नेपाली एकता!

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
.