Visitor Count

Up Down Scroll

तिमी दुख्दा म पनि त भित्र–भित्रै दुख्दै थिएँ

तिमी दुख्दा म पनि त भित्र–भित्रै दुख्दै थिएँ
सपनाझैं लाग्दा–लाग्दै पिरतीमा चुक्दै थिएँ


तिमी गयौ डोली चढी आँसु झार्दै, वाई–बाई गर्दै
मैले पनि विदा दिएँ विवशतामा मर्दै–मर्दै
जन्तीहरु डाँडा पुगी जोर सनाई फुक्दै थिए
सपनाझैं लाग्दा–लाग्दै पिरतीमा चुक्दै थिएँ

तिमी र म जे, जसरी, जहाँ–जहाँ रहेपनि,
हाम्रो मायाँ पवित्र छ, जीवन बेग्लै भएपनि,
तिमी गयौ डाँडै काटी म घरमा पुग्दै थिएँ,
सपनाझैं लाग्दा–लाग्दै पिरतीमा चुक्दै थिएँ

तिमी दुख्दा म पनि त भित्र–भित्रै दुख्दै थिएँ
‘छि ! नामर्द’ भन्ला भनी आँसु पुछ्दै लुक्दै थिएँ

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(मेरो दुःखद दिनः असोज १५, २०६७ को अविष्मरणीयता)
.