Visitor Count

Up Down Scroll

आगोले त के पोल्थ्यो र मायाँले पोल्यो

आगोले पो पोल्छ भन्थे मायाँले पोल्यो ।
मनभरि दन्किएर मनै बिथोल्यो ।।

गंगा जलभन्दा चोखो ठान्दथें म मायाँ ।
मन्दिरमा पुज्ने देवी मान्दथें म मायाँ ।।
त्यही मायाँ आज मेरो अगाडि बोल्यो ।
मनभरि दन्किएर मनै बिथोल्यो ।।


कसैलाई रिस पनि हुंदो रै'छ मायाँ,
कसैलाई बिष पनि हुंदो रै'छ मायाँ,
पर्दाभित्रका ती कुरा उनैले खोल्यो ।
मनभरि दन्किएर मनै बिथोल्यो ।।


आगोले त के पोल्थ्यो र मायाँले पोल्यो ।
मनभरि दन्किएर मनै बिथोल्यो ।।

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’
(रचनाकाल: २०६७ साल श्रावण २७ गते)
.